शनिबार, आश्विन १७ गते २०८३

ग्लोबल मनि विकमा राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता अभियान

चैत्र ६, २०८० मंगलबार
ग्लोबल मनि विकमा राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता अभियान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनि विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैंकले देशैभर सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।  

यही चैत्र ६ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक २०२४ प्रोटेक्ट योर मनि, सेक्योर योर फ्युचर भन्ने मुलनाराका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिदै छ । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो । 

नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरीका शाखा कार्यालयहरुले विद्यार्थी, युवा, मजदूर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउन उद्धेश्यले वित्तीय संचेतना कार्यक्रम सञ्चालन गरिने बैंकले जनाएको छ ।