शनिबार, आश्विन १७ गते २०८३

हिमालयन बैंकको इटहरी शाखा इनरुवामा स्थानान्तरण

चैत्र २, २०८० शुक्रबार
हिमालयन बैंकको इटहरी शाखा इनरुवामा स्थानान्तरण

हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये इटहरी शाखा–२ लाई इनरुवा नगरपालिका–१ मा स्थानान्तरण गरेको छ । स्थानान्तरण गरी सञ्चालनमा ल्याएको उक्त बैंकको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक इन्द्र चम्लागाईं मैनालीले गरेकी थिइन् । 

बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटीएम,  ६ हजार ५०० भन्दा बढी पीओएस र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना  ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।