शनिबार, आश्विन १७ गते २०८३

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति यस्ताे

फाल्गुण २७, २०८० आइतबार
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति यस्ताे

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षकाे २०८०/०८१ सात महिना (माघ मसान्तसम्म) अविधकाे आर्थिक तथा वित्तीय तथ्याङ्क सार्वजनिक गरेकाे छ । सार्वजनिक गरिएकाे विवरण अनुसार प्रमुख तथ्याङ्क संक्षिप्तमा यस प्रकार रहेका छन् । 

  • वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ ।
  • आयात २.३ प्रतिशत, निर्यात ७.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेको छ ।
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.६ प्रतिशतले र अमेरिकी डलरमा १९.१ प्रतिशतले बढेको छ ।
  • शोधनान्तर स्थिति रु.२९७ अर्ब ७२ करोडले बचतमा रहेको छ ।
  • कुल विदेशी विनिमय सञ्चिति रु.१८४४ अर्ब ९४ करोड र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ ।
  • नेपाल सरकारको खर्च रु.६८६ अर्ब ७५ करोड र राजस्व परिचालन रु.५६७ अर्ब ४० करोड रहेको छ ।
  • विस्तृत मुद्राप्रदाय ७.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.७ प्रतिशतले बढेको छ ।
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.७ प्रतिशत रहेको छ ।