नेपाल राष्ट्र बैंकले मोबाइल एप र इन्टरनेटमार्फत् गरिने बैंकिङ कारोबारको सीमा निर्धारण गरेको छ ।
राष्ट्र बैंकको व्यवस्था अनुसार मोबाइल एप्लिकेशन र क्यूआर कोड समेतबाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ भने इन्टरनेट बैंकिङ प्रणालीमार्फत् दैनिक २० लाख रुपैयाँसम्म वित्तीय कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
जनचेतनाका लागि सार्वजनिक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न भने उक्त सीमा लागु नहुने जनएको छ ।
त्यस्तै नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिस्ट्रेसन र सेवा शुल्क जस्ता विविध शुल्कहरू भुक्तानी गर्न, विद्युत् सेवा दूरसञ्चार सेवा, खानेपानी सेवा, बिमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी गर्न, धितो पत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रको कारोबार गरेबापत अनुमतिप्राप्त तोकिएबमोजिमका विशेष भुक्तानी सेवा लागि पनि उक्त सीमा लागु हुने छैन ।

नेपालपत्र संवाददाता