शनिबार, आश्विन १७ गते २०८३

घर कर्जामा बैंकहरुको प्रतिस्पर्धा, नबिलले ८.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने

फाल्गुण २२, २०८० मंगलबार
घर कर्जामा बैंकहरुको प्रतिस्पर्धा, नबिलले ८.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने

बैंकहरूमा तरलता वृद्धि हुँदै गएपछि बैंकहरूले धमाकम कम ब्याजदरका कर्जा याेजना सार्वजनिक गर्न थालेका छन् । आधार दर घटेकाे र तरलता बढेकाे परिप्रेक्ष्यमा उनीहरूले एकल अंककाे ब्याजदरमा कर्जा याेजना अघि सारेका हुन् । 

नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ भन्ने कर्जा योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत ८.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने जनाएको हो । बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि घर कर्जा दिनेछ । उक्त कर्जामा ८.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मका लागि स्थिर रहने बैंकले जनाएको छ । 

केहि समय अघि ग्लोबल आइएमई बैंक र सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमा आवास कर्जा दिने सार्वजनिक गरिसकेका छन् ।