शुक्रबार, कार्तिक ७ गते २०८३

एक सहकारीबाट करिब १३ लाख चोरी, सीसी क्यामेरासमेत गायब

फाल्गुण १६, २०८० बुधबार
एक सहकारीबाट करिब १३ लाख चोरी, सीसी क्यामेरासमेत गायब

मोरङ जिल्लाको लेटाङमा रहेको एक सहकारी संस्थाका दुई कार्यालयबाट करिब १३ लाख रुपैया चोरी भएको छ । 

लेटाङ स्थित एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालय तथा फडानी सेवा केन्द्रबाट १२ लाख ८१ हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ । 

संस्थाको मुख्य कार्यालय लेटाङ नगरपालिका–२ फँडानी र सेवा केन्द्र लेटाङ–२ खैरेनीमा रहेको छ । मुख्य कार्यालयबाट ८ लाख ९० हजार ४ सय ४५ रूपैयाँ र सेवा केन्द्र बाट ३ लाख ९० हजार ५ सय ८५ रूपैयाँ चोरी भएको हो । 

सहकारीको निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको भएपनि सीसी क्यामेरा डिभाइस समेत चोरी लगेको देखिएको प्रहरीले बताएको छ ।