शुक्रबार, कार्तिक ७ गते २०८३

१० प्रतिशतमा सहकारीमा समस्या देखिएको छः सीईओ दाहाल

फाल्गुण १६, २०८० बुधबार
१० प्रतिशतमा सहकारीमा समस्या देखिएको छः सीईओ दाहाल

     
काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशबप्रसाद दाहालले १० प्रतिशत सहकारीहरू समस्यामा रहेको बताएका छन् । बागमती प्रोस्कुनले आजदेखि आयोजना गरेको बागमती साकोस समिटमा ‘सहकारीमा वर्तमान समस्याका कारणहरू’ विषयकमा कार्यपत्र प्रस्तुत गर्दै उनले १० प्रतिशत सहकारी समस्यामा रहेको धारणा राखेका हुन् । 

कार्यक्रममा उनले कतिपय सहकारीका सञ्चालकहरूको नियतका कारण समस्या सिर्जना भएको बताएका हुन् । उनले एउटा सहकारीमा समस्या उत्पन्न हुँदा छिमेकी सहकारीमा पनि समस्या देखिएको धारणा राखे । निजी व्यवसायसरह एकाघर सदस्यहरू व्यवस्थापक तथा पदाधिकारी बन्दा सहकारी संस्थाहरूमा समस्या देखिएको उनको भनाइ छ । उनले पल्स अनुगमन प्रणालीलाई अंगिकार गर्न, सदस्यको बचतलाई गैर सहकारी क्रियाकलापमा लगानी गर्दा, संस्थाहरू अन्धाधुन्ध दर्ता हुँदा र कमजोर नियमन प्रणाली हुँदा सहकारीमा समस्या देखिाएको बताए ।

‘सहकारीमा बाह्य कारणले पनि प्रभाव पारेको छ, राज्यले कानुन कार्यान्वयनमा सुस्सता देखाउँदा पनि केही समस्या देखियो, गलत गर्नेलाई राजनीतिक संरक्षण हुँदा र  गलत गर्नेलाई समयमै कारवाही नहुँदा समस्या बल्झिएको हो,’ उनले भने । कार्यपत्र माथी टिप्पणी गर्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सदस्य धेरै बनाउने, वित्तीय विवरणलाई ठूलो बनाउने अभ्यास बढाउँदा अहिलेको समस्या सिर्जना भएको धारणा राखे ।

उनले दाहालको कार्यपत्रमा टिप्पणी गर्दै सहकारीको सुदृढिकरणका लागि सबै संघ संस्थाहरूले सहकार्य गर्नु पर्ने पनि बताए । बचत तथा ऋण सहकारी संस्थाहरूले सहकारीका सैद्धान्तिक पक्षहरूलाई मात्रै जोड नदिई वित्तीय मापदण्डलाई समेत प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ । ‘सहकारीहरू सामाजिक मान्यतासँग जोडिएका छन्, सहकारीकर्मीबीच एकता र सहकार्य हुन नसक्दा एकअर्काबीच विश्वासको वातावरण हुन नसक्दा अभियान नै कमजोर बन्यो,’ उनले भने । उनका अनुसार सहकारी संस्थाले सामाजिक र साँस्कृतिक कामलाई प्राथमिकता नदिएर वित्तीय कारोबारमा मात्रै ध्यान दिँदा समस्या उत्पन्न भएको बताए । सहकारीले सदस्यको जीवनस्तर उकास्नका लागि काम गर्नुपर्ने उनले जोड दिए । संस्थाहरुले ब्यालेनसिटलाई भन्दा पनि सदस्यहरुको जीवनस्तर परिवर्तनमा सदस्यहरुले भूमिका खेल्न उनको. सुझाव छ । कतिपय सहकारी संस्थाले प्लर्स मापदण्ड पाल्ना नगर्दा पनि समस्या उनले जानकारी दिए । सदस्यले विश्वास गर्ने र उनीहरुलाई नै निर्णय गर्ने वातावरण नहुँदासम्म सहकारीप्रति विश्वास बढ्ने उनले जनाए । 

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता