नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले काठमाण्डौ र भक्तपुरमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ। बैंकले काठमाण्डाैकाे कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ मा थली र भक्तपुर नगरपालिका वडा नं. १० मा कमलविनायकमा शाखा संचालनमा ल्याएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले ती नयाँ शाखाहरुको उद्घाटन गर्दै नयाँ शाखाहरुबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए।
बैंकले हाल २७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २६४ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ।
नेपालपत्र संवाददाता