शनिबार, आश्विन १७ गते २०८३

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका नयाँ शाखा स्वयम्भू र बालाजुमा


फाल्गुण ११, २०८० शुक्रबार
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका नयाँ शाखा स्वयम्भू र बालाजुमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले काठमाडौंमा २ वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएकाे छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भूमा र काठमाडौं महानगरपालिका वडा नं. १६ मा बालाजुमा शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे । कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिक सेवा तथा सुविधाहरु दिने बताए । 

बैंकका अब देशभर २६८ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २६२ वटा एटीएम सेवा उपलब्ध रहेका छन् ।