हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा आजदेखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसँग नगद संकलनको कारोबार गर्ने सम्झौता गरेको हो ।
बैंकले अस्पतालमा उक्त सेवा सार्वजनिक विदाका दिनमा समेत गरी २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले क्यू आर कोड मार्फत समेत भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार/आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।
नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका हुन् ।
नेपालपत्र संवाददाता