शनिबार, कार्तिक ८ गते २०८३

भक्तपुर बचत संघको अगोजनामा तरलता व्यवस्थापन तालिम,समुदायमा आधारित संस्थामा अधिक तरलता 

फाल्गुण ७, २०८० सोमबार
भक्तपुर बचत संघको अगोजनामा तरलता व्यवस्थापन तालिम,समुदायमा आधारित संस्थामा अधिक तरलता 


 भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा  एक दिने तरलता व्यवस्थापन तालिम सम्पन्न भएको छ । तलिमममा संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले पल्र्स प्रतिवेदनमा तरलता पुगेर मात्र हुदैंन, तरलताको गुणस्तर पनि हेर्नु पर्ने बताए ।

हाल प्रतिवेदनमा तरलता पुगेको देखिएता पनि रकम फिर्ता दिन नसकेका थुप्रै उदाहरण देखिनुकोे कारण अन्तर सहकारी समानान्तर कारोबार रहेको उनले जनाए । संघका सचालक एवं तालिम व्यवस्थापन उपसमितिका संयोजक इन्द्र प्रसाद व्यन्जुले सिकेका ज्ञान संस्थामा लागु गर्न र सिकेको कुराहरु सहकर्मीहरुलाई सिकाउनुपर्ने  बताए ।  सदय संस्थाहरुले ८० प्रतिशत भन्दा बढी ऋण लगानी गर्नुहुँदैन र सो भन्दा बढी लगानी गर्दा  तरलता संकट हुने  उनको भनाई छ ।

संघका व्यवस्थापक बालकृष्ण धोजु हाल समुदायमा आधारित सहकारी संस्थामा ऋण लगानी हुन नसक्दा अधिक तरलता भएको र  तरलताको सहि व्यवस्थापन गरेर पनि संस्था संचालन गर्न सकिने बताए । तालिमको सहजकर्ता  गर्दा कवि न्यौपानेले तरलता संकट, अधिक तरलताको व्यवस्थापन, स्प्रेदर गणना विधि लगायतको विषयमा प्रशिक्षण दिएका थिए । तालिममा सदस्य संस्थामा कार्यरत ३२ जना कोषाध्यक्ष, व्यवस्थापक एवम् कर्मचारीहरुको सहभागिता रहको थियो । 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता