शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारीमा अध्यक्ष बढी जवाफदेही हुनैपर्छः सहायक सिडिओ सुनुवार

फाल्गुण ४, २०८० शुक्रबार
सहकारीमा अध्यक्ष बढी जवाफदेही हुनैपर्छः सहायक सिडिओ सुनुवार

ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले सामाजिक पुँजी निमार्ण, नेतृत्व तथा सामुदायिक विकासमा सहकारीले काम गरेको बताए । रोजगारी सृजना र उत्पादन वृद्धिमा  सहकारीले काम गर्दै आएको भए पनि कुन क्षेत्रमा कति ऋण लगानी गर्ने भनेर योजना बनाउन नसक्दा सहकारी समस्याग्रस्त बन्दै गएको उनले बताए । ललितपुर बचत संघले आयोजना गरेको साकोस अध्यक्षहरुको गोष्ठीमा सहकारीको समस्या समाधानमा प्रशासनको भूमिका विषयमा उनले कार्यपत्र प्रस्तुत गरेका थिए ।

ऋण लगानीको क्षेत्र पहिचान गरी जोखिमयुक्त क्षेत्रमा ऋण लगानी नर्गन सुनुवारले सल्लाह दिए । केही सदस्यले वहानामा बचत फिर्ता मागेको भए पनि धेरै सदस्यले भने आवश्यकता परेरै बचत फिर्ताको लागि सरकारी कार्यालय धाउने गरेको उनको भनाई छ । कतिपय सहकारीका सञ्चालक फोन सम्र्पकमा हुनछाडेको र कतिपय सञ्चालक देश बाहिर समेत फरार भएको गुनासो आउने गरेको बताए । सहकारीमा शुसासन कायम गर्नु नै अहिलको आवश्यकता रहेको र त्यसका लागि अध्यक्ष नै मुख्य जिम्मेवार रहेको उनको भनाई छ । सहकारीको नियमनमा जिल्ला प्रशासनको भूमिका नहुने र सहकारी स्वः नियमनमा चल्नुपर्ने बताए । घर जग्गा र हायर पर्चेजमा ऋण लगानी गर्दा समस्या आउने भएकाले त्यस्ता क्षेत्रमा ठूलो लगानी नगर्न उनले सुझाए । सञ्चालकले हरेक क्षेत्रमा शुस्म अध्ययन गरेर अगाडी बढे समस्या आउँदा समाधान गर्न सक्ने उनको बुझाई छ ।

जोखिमलाई विश्लेषण नगरी ऋण लगानी गरेकाले त्यसको उत्तरदायित्व संचालकले नै लिनुपर्ने उनले जोड दिए । जिल्ला प्रसासन कार्यालयमा हरेक दिन बचतकर्ता समस्या लिएर आउने गरेको उनले बताए । केही सहकारी सिद्धान्त बाहिर सञ्चालन भएको र सदस्यको बचतलाई आफ्नो सम्झेर परिचालन गर्दा समस्या आएको उनले भने । सहकारीको इस्यु राजनितिक देखि नागरिक तहसमम्म पुगेकाले त्यसको सहजीकरण गर्न कार्यालय तयार रहेको उनले जानकारी दिए । शुसासन, जवाफदेहीता र पारदर्शिताको विषयमा आफै स्वः मूल्याङकन गर्न आग्रह गर्दै उनले आफ्नो संस्थाको ग्रेडिङ आफै गर्नुपर्ने बताए । संस्थाको राम्रो पक्षलाई जोगाउँदै सुधार गर्ने क्षेत्रहरुको पहिचान गरेर अगाडी बढ्न उनको भनाई छ । जहाँ जे छ त्यसमा सुधारेर जानु पर्ने र नियमसंगत काम गर्न उनको आग्रह छ । सदस्यले विश्वास गरे अहिलेको समस्या ५० प्रतिशत हल हुने उनले बताए । 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता