शनिबार, कार्तिक ८ गते २०८३

सरकारी ऋण २ खर्ब २ अर्बले बढ्यो 


फाल्गुण ४, २०८० शुक्रबार
सरकारी ऋण २ खर्ब २ अर्बले बढ्यो 


चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा सरकारी ऋण २ खर्ब २ अर्ब ४३ करोड रुपैयाँले बढेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशन  गरेको चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको तथ्यांकअनुसार सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ छ ।

यस्तो ऋण गत असारमसान्तसम्ममा २२ खर्ब ९५ अर्ब ४३ करोड रुपैयाँ मात्रै थियो । सरकारी ऋण पछिल्लो ७ महिनामा २ खर्बले बढ्दा सकारले तिर्ने ब्याज मात्रै मासिक ६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । सरकारले पछिल्लो सात महिनामा ४४ अर्ब १४ करोड रुपैयाँ सार्वजनिक ऋणको ब्याज मात्रै तिरको छ । यो अवधिमा तिरेको ब्याजमा आन्तरिक ऋणको लागि ३९ अर्ब १४ करोड र बाह्य ऋणको लागि ५ अर्ब रुपैयाँ ब्याज मात्रै भुक्तानी गरेको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार यो अवधिसम्ममा सरकारले तिरको साँवा भने आन्तरिक ऋणको लागि ९० अर्ब ९७ करोड र बाह्य ऋणको लागि २० अर्ब १२ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यस्तो तथ्यांक अनुसार सरकारको हालसम्मको आन्तरिक ऋण ११ खर्ब ८४ करोड ५२ करोड रुपैयाँ रहको छ भने बाह्य ऋण १२ खर्ब २ अर्ब २४ करोड रुपैयाँ रह्को छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको जनसंख्या २ करोड ९२ लाख रहेको छ । यस आधारमा प्रत्येक नेपालीको थाप्लामा करिब ८२ हजार रुपैयाँ ऋणभार परेको छ ।