महालक्ष्मी विकास बैंकले ‘नयाँ योजना नयाँ उमंग’ शीर्षकमा कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो व्याजदरमा महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायीक कर्जा तथा महालक्ष्मी सवारी कर्जा योजना ल्याएको हो ।
सो योजना अन्तर्गत महालक्ष्मी घर कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने भएको छ । ती कर्जाहरुमा पहिलो १ वर्षको लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशत सम्म छुट प्रदान गर्न सकिने बैंकले जनाएको छ । आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको ३ कार्य दिन भित्र नै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।
महालक्ष्मी घर कर्जा अन्तर्गत न्यूनतम २ वर्ष देखि अधिकतम ३० वर्ष अवधि रहने गरी ५ करोड सम्मको कर्जा प्रदान गरिने बैंकले जनाएको छ । आवासीय वा व्यापारिक घरजग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप तथा पुर्ननिर्माण वा मर्मतसम्भारका लागि कर्जा दिइनेछ ।
त्यसैगरी, महालक्ष्मी सवारी कर्जा ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिनेछ । सवारी कर्जाको न्यूनतम अवधि २ वर्ष र अधिकतम अवधि ५ वर्ष सम्म रहनेछ । विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा र अन्य सवारीमा कोटेशन मूल्यको ५० प्रतिशत सम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।
नेपालपत्र संवाददाता