आइतबार, कार्तिक ९ गते २०८३

महालक्ष्मी विकास बैंकले ल्यायो १०.९९ प्रतिशत ब्याजदरमा घरकर्जा


फाल्गुण २, २०८० बुधबार
महालक्ष्मी विकास बैंकले ल्यायो १०.९९ प्रतिशत ब्याजदरमा घरकर्जा

महालक्ष्मी विकास बैंकले ‘नयाँ योजना नयाँ उमंग’ शीर्षकमा कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो व्याजदरमा महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायीक कर्जा तथा महालक्ष्मी सवारी कर्जा योजना ल्याएको हो । 

सो योजना अन्तर्गत महालक्ष्मी घर कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत)  ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने भएको छ । ती कर्जाहरुमा पहिलो १ वर्षको लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशत सम्म छुट प्रदान गर्न सकिने बैंकले जनाएको छ । आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको ३ कार्य दिन भित्र नै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।

महालक्ष्मी घर कर्जा अन्तर्गत न्यूनतम २ वर्ष देखि अधिकतम ३० वर्ष अवधि रहने गरी ५ करोड सम्मको कर्जा प्रदान गरिने बैंकले जनाएको छ । आवासीय वा व्यापारिक घरजग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप तथा पुर्ननिर्माण वा मर्मतसम्भारका लागि कर्जा दिइनेछ । 

त्यसैगरी, महालक्ष्मी सवारी कर्जा ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिनेछ । सवारी कर्जाको न्यूनतम अवधि २ वर्ष र अधिकतम अवधि ५ वर्ष सम्म रहनेछ । विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा र अन्य सवारीमा कोटेशन मूल्यको ५० प्रतिशत सम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।