शनिबार, आश्विन १७ गते २०८३

९.९९ प्रतिशतमा ग्लोबल आइएमईको घर कर्जा, दश वर्षसम्म स्थिर ब्याजदर

फाल्गुण १, २०८० मंगलबार
९.९९ प्रतिशतमा ग्लोबल आइएमईको घर कर्जा, दश वर्षसम्म स्थिर ब्याजदर

ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । 

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी ‘निश्चिन्त आवास योजना’ सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकले सहज रुपमा कर्जा सार्नसमेत सक्ने बैंकले जनाएको छ । 

यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत व्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढि अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउनेछन् । 

ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रहीे आवश्यक कागजातहरु पेश गरेको २ कार्य दिन भित्र कर्जा प्रवाह गरिने उक्त योजना सीमित अवधिका लागि भएका बैंकले जनाएको छ ।