शनिबार, आश्विन १७ गते २०८३

पाँच मनि एक्स्चेञ्जको इजाजतपत्र खारेज


माघ २९, २०८० सोमबार
पाँच मनि एक्स्चेञ्जको इजाजतपत्र खारेज

नेपाल राष्ट्र बैंकले ५ वटा मनि एक्स्चेञ्जको इजाजतपत्र खारेजी गरिदिएको छ । समयमा नवीकरण नगरेका कारण ती मनिचेञ्जरको इजाजतपत्र रद्द गरिएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ ।

इजाजत रद्द हुने संस्थाहरुमा फेयर मनि एक्स्चेञ्ज प्रा.लि., बसन्तपुर, काठमाण्डौ न्यातपोल मनि एक्स्चेञ्ज प्रा.लि., तौमढी, भक्तपुर, कैलाश मनि एक्स्चेञ्ज प्रा.लि. क्षेत्रपाटी, काठमाण्डौ, ग्रेस मनि एक्स्चेञ्ज प्रा.लि., टिमुरे, गोसाईकुण्ड, रसुवा, रुट नेपाल मनि एक्स्चेञ्ज प्रा.लि. लालदरबार, काठमाण्डौ रहेका छन् ।

नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजत तथा निरिक्षण विनियमावली, २०७७ को विनियम १९ को उपनियम ३ बमोजिम ती संस्थाहरुले तोकिएको समयमा नवीकरण गरेका थिएनन् ।