शनिबार, कार्तिक ८ गते २०८३

सहकारीको नियमनका लागि दोश्रो तहको नियामक गठन गर्न आवश्यक : मन्त्री चौधरी

माघ २६, २०८० शुक्रबार
सहकारीको नियमनका लागि दोश्रो तहको नियामक गठन गर्न आवश्यक : मन्त्री चौधरी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले वित्तीय अनुशासनमा नबस्दा सहकारी संस्थामा समस्या आएको बताएकी छिन् । सहकारी विभागले आयोजना गरेको ‘पोलिसी डाइलग अन कोअपरेटिभ इस्युज विथ कि स्टेकहोल्डर्स’ कार्यक्रमको उद्घाटन गर्दै उनले ९९ प्रतिशत सहकारी संस्था स्थानिय र प्रदेश सरकारको मातहत रहेको र ती संस्थाको प्रभावकारी नियमनको लागि तिन तहकै सरकारसँग गतिलो निकाय नहुँदा सदस्यहरुको बचत समस्यामा परेको र समग्र अर्थतन्त्र नै जोखिममा पर्न सक्ने  बताइन्  ।

जसले गर्दा सहकारी संस्थाको प्रभावकारी नियमनको लागि दोस्रो तहको नियमाक निकायको आवश्यकता परेको मन्त्री श्रेष्ठले बताइन् । दोस्रो तहको नियमाक निकाय गठन गरी सहकारी संस्थालाई प्रभावकारी नियमन मार्फत व्यवस्थित बनाउने तर्फ लाग्ने बेला आई सकेको मन्त्री श्रेष्ठको स्वीकारोक्ति छ ।  संविधानले सहकारीलाई संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्र विभाजन गरी सहकारीहरुको हस्तान्तरण भइसको बताइन । ३ वटै तहलाई ऐन कार्यान्वयन गर्न सक्ने गरी विद्यमान नीतिको परिमार्जन गरी संघिय प्रणाली अनुसारको सहकारी नीति बनाउन आवश्यक रहेको उनको भनाई छ । 

पछिल्लो समय सहरी क्षेत्रमा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको संख्या र कारोबारमा वृद्धि भएको र सहकारीले ठुला ठुला बचत लिएर जोखिमयुक्त क्षेत्रमा लगानी गरेकाले सर्वसाधारको बचत असुरिक्षत हुन पुगेको उनले बताइन् । सहकारी संस्थाहरूले सदस्यको बचत फिर्ता गर्न नसकेको समस्या बढ्दै गएको भन्दै मन्त्री चौधरीले सहकारी अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिइन् । संघ, प्रदेश र स्थानिय सरकारले सहकारी नियमन तथा अनुगमनमा एक रुपता कायम गर्न संघिय विभागले नीतिगत एकरुपता कायम गरी अगाडि बढ्न उनले निर्देशन दिइन । 

सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपाय खोज्ने उदेश्यका साथ राखिएको कार्यशाला गोष्ठीले ठोस निस्कर्ष निकाल्न सक्नुपर्ने उनको भनाई छ ।  सहकारी राष्ट्रिय नीति २०६९ लाई संघिय नीति अनुरुप बनाउन आवश्यक रहेको उनले जनाइन् ।  सहकारी क्षेत्रको ससुशासनका साथै नविनतम प्रविधिको प्रगोग गरी लक्षित वर्गको आर्थिक तथा सामाजिक  रुपान्तरण गर्नुपर्नेमा उनको जोड छ । सहकारी ऐनमा व्यवस्था भएको कर्जा सूचना केन्द्र ऋण असुली न्यायधिकरण र बचत तथा कजा सुरक्षण कोष स्थापनाको लागि समेत गोष्ठीमा छलफल गर्न उनले सुझाइन् । त्यसैगरी स्थिरिकरण कोषलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्न उनले भनिन् । सहकारीका वास्तविक सदस्यलाइ बचाउने र उनीहरुलाइ सबल बनाउने तर्फ सहकारी लाग्नुपर्नेमा उनको जोड छ ।

नियमाक निकायले सहकारी संघ संस्थासँग माग गरेका विवरण समयमानै पेश गर्न समेत उनको निर्देशन छ । ऐनको परिपालना गर्दै सदस्यको विश्वास जित्नेगरी सहकारीले काम गर्नुपर्ने उनले बताइन् । सहकारीका मुल्य मान्यता र सिद्धान्तअनुसार संस्था सञ्चालन गरे सदस्यको विश्वास कायम रहने मन्त्री श्रेष्ठको भनाई छ । उनले सहकारीको बचतलाई उत्पादन, उपभोग र व्यवसायमा परिचालन गरी आर्थिक रुपान्तरणमा भूमिका खेल्न सक्ने जनाइन् । विषयगत कार्यपत्रहरुमा छलफल गरी ठोस निस्कर्ष गोष्ठीले निकाल्नु पर्नेमा उनको जोड छ । सहकारी संस्था स्वनियमनमा चल्छ भन्ने मान्यताबाट  अगाडी बढेको भए पनि नेपालको सन्दर्भमा त्यो हुन नसकेको उनको भनाई छ ।

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता