शनिबार, आश्विन १७ गते २०८३

यी बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले गर्‍यो कारवाही


माघ १४, २०८० आइतबार
यी बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले गर्‍यो कारवाही

नेपाल राष्ट्र बैंकले ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । नियम उल्लङ्घन गरेको भन्दै राष्ट्र बैंकको सुपरीवेक्ष विभागले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक तथा  रिलाइन्स फाइनाइन्सलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई नियमविपरीत प्रिमियम दर बढाएर ग्राहकहरुबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता नगरेको भन्दै सीईओलाई सचेत गराएको छ ।

प्रभु बैंकले कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, प्रिमियम दर वृद्धि गरी ब्याज असुलउपर गरेकोलगायतका विषयमा सचेत बनाइएको राष्ट्र बैंकले जनाएको छ ।

हिमालयन बैंकले पुँजी पर्याप्तता अनुपात गणना गर्दा राष्ट्र बैंकको निर्देशन पालना नगरि प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाइ तथा जोखिमभारित सम्पत्ति न्यून कायम गरी पुँजी पर्याप्तता अनुपात वास्तविकभन्दा अधिक रिपोर्टिङ गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, मुक्तिनाथ विकास बैंकले वास्तविक धनी पहिचान गर्ने संयन्त्रको स्थापना नगरेको र निरन्तर अनुगमन गर्नुपर्ने निर्देशन उल्लङ्घन गरेकोमा राष्ट्र बैंकले १० लाख रुपैयाँ नगद जरिवाना गराएको छ ।

गरिमा बैंकलाई सुशासनको विषयमा सचेत गराइएको तथा रिलायन्स फाइनान्सका सञ्चालक कुशप्रसाद मल्ली तथा अन्य व्यक्तिहरुको संयुक्त खाता र व्यक्तिगत खातामा व्यावसायिक कारोबारहरु भएको लगायतका कमजोरी पाइएकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।