शनिबार, आश्विन १७ गते २०८३

गरिमा विकास बैंकले ल्यायो ‘ फाइव इन वन’ बचत खाता


माघ ३, २०८० बुधबार
गरिमा विकास बैंकले ल्यायो ‘ फाइव इन वन’ बचत खाता


गरिमा विकास बैंकले ग्राहकहरुका लागि ‘गरिमा फाइव इन वन’ बचत खाता सेवा सार्वजनिक गरेको छ । ‘गरिमा फाइव इन वन’ बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि–आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यस खाता अन्तर्गत ग्राहकहरुले न्युनतम एक हजार रुपैयाँमा खाता खोली नि:शल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग , वेब बैकिङ्ग, एटिएम, सिआस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट  डिम्याट, सेयर ट्रेडिङ (टिएमएस) र मेरो शेयर खाताका साथै लकर सेवामा ५० प्रतिशतसम्म छुटको पाउने बैंकले जनाएको छ ।

गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्रारम्भ गरेको जनाएको छ । काठमाडौको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय  ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेव प्रवाह गरिरहेको छ ।