ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिटकार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मुल्यमा १० प्रतिशत छुट पाउने भएका छन् ।
बैंकको क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको उक्त योजनामा ग्राहकहरुले बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ३०० रूपैयासम्म छुट पाउनेछन् । छुट योजना माघ महिनाभरको लागि भएको बैंकले जनाएको छ ।
जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु प्रदान गरिनेछ । अफर बिगमार्टका ८१ वटा भन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको छ ।