शुक्रबार, कार्तिक ७ गते २०८३

 पद बाडफाँडमा कुरा नमिलेपछि महासंघको निर्वाचनमा काग्रेस र माओवादी  केन्द्रका सहकारीकर्मी सहभागी नहुने

पौष २७, २०८० शुक्रबार
 पद बाडफाँडमा कुरा  नमिलेपछि  महासंघको  निर्वाचनमा काग्रेस र माओवादी  केन्द्रका सहकारीकर्मी सहभागी नहुने

 

राष्ट्रिय सहकारी महासंघको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र निकट सहकारीकर्मी सहभागी नहुने भएका छन् । आज दुबै दल निकटका सहकारीकर्मीले पत्रकार सम्मेलन गरेर निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हुन् । नेकपा एमालेले महासंघमा माथीका कुनै पनि पद काग्रेस र माओवादी केन्द्र पक्षधर सहकारीकर्मीहरुलाई नदिने भएपछि उनीहरुले महासंघको निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हुन् ।

सहकार्य र समान्तको हैसियतमा नगएर एमाले निकट सहकारीकर्मीले माथिल्लो पदहरु आफ्नो पक्षमा हुनुपर्ने अडान राखेकाले दुई दलका सहकारीकर्मीले निर्वाचनमा सहभागी नभएका हुन् । एमाले र माओवादी पक्षधर सहकारीकर्मीलाई महासंघको सञ्चालक पदमा मात्रै  दिने प्रस्ताव एमालेले गरेको थियो । नेकपा माओवादी केन्द्रका सहकारी विभाग प्रमुख लिलामणी पौडेलले सहमती र सहकार्यको सिद्धान्त बाहिर गएर  एमालेलाई बहुमत चाहिने कुरा आफुहरुलाई मान्य नहुने बताए ।

आजको चुनौतीलाई सामना गर्न सहमति आवश्यक रहेको र बहुमत भए मात्र केही गर्न सहिने एमाले निकट सहकारीकर्मीको गलत मानसिकता भएको उनको भनाई छ ।  अभियानलाई बहिष्कार गरेको नभई महासंघको नेतृत्वमा नजाने मात्र निर्णय गरेको उनले जानकारी दिए । सम्मानजनक पद काग्रेस र माओवादी  केन्द्रका सहकारीले पाउनुपर्ने  उनीहरुको माग थियो ।निर्धारित कार्यक्रम अनुसार आज उम्मेदवारी कार्यक्रम थियो । निर्धारित समयमा दुबै दल निकटका सहकारीकर्मीको कुनै पनि उम्मेदवारी परेन । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस र माओवादी केन्द्रका सहकारी विभागका प्रमुख समेत सहभागीता थियो ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता