शिवम् बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले काठमाडौंको चावहिलमा रहेको मुख्य कार्यालयमा साधारण सभा सम्पन्न गरेको हो । संस्थाले साधारण सभालाई विगतको जस्तो अतिथि विना नै सदस्यहरुको उपस्थितिमा सम्पन्न गरेको जनाएको छ। । सभामा अध्यक्ष नवराज राउतले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतिका लागि संस्था क्रियाशिल रहेको बताए । समाजमा छरिएर रहेको स सानो पुँजीलाई एकिकृत गरी सदस्यहरुमाझ परिचालन गरी उनीहरुको जीवनस्तर परिवर्तनमा संस्थाले काम गर्दै आएको उनले जनाए ।
सहकारी मुल्य, मान्यता र सिद्धान्तमा रहेर संस्थाले वित्तीय कारोवार गर्दै आएको भन्दै अध्यक्ष राउतले वित्तीय संकटका बीचमा पनि तरलता व्यवस्थापन गरी सदस्यहरुको बचत फिर्ता गर्न संस्था सफल भएको सो अवसरमा जानकारी दिए । सहकारी क्षेत्रमा पछिल्लो समयमा भाखा नाखेको कर्जा बढ्दै जानु, सम्पत्ति र दायित्वमा प्रक्रियागत जटिलताहरु रहनु तथा घर जग्गा व्यवसायमा आएको मन्दी एंव नीतिगत व्यवस्थाका कारण सहकारीहरुमा समस्या बढ्दै गएको उनको भनाई छ ।
संस्थाले तरलता व्यवस्थालाई विशेष ध्यान दिएको,भाखा नाघेको ऋणलाई अनिर्वाय रुपमा जोखिम व्यवस्थापन गरेको, सहकारी शिक्षालाई निरन्तरता दिएको,उत्पादनमुलक क्षेत्रमा ऋण लगानीलाई प्राथमिककतामा राखेको र पल्र्स मापदण्ड अनुसार संस्था सञ्चालन गरेको उनको भनाई छ । ‘सम्पूर्ण वित्तीय समाधानको पहिलो रोजाई शिवम् साकोस’ बनाउने उदेश्य रहेको उनले जनाए । संस्थाको सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै सदस्यहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको र सहकारीको कारोवारलाई प्रभावकारी बनाउन शिवम् स्मार्ट एप्प सञ्चालनमा ल्याएको उनले जानकारी दिए । संस्था नफस्कूनले सञ्चालन गरेको कब्स कार्यक्रममा आवद्ध भएको छ ।

सभामा कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले। आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक बर्षको असार मसान्तसम्म शेयर पुँजी ३ करोड ९५ लाख , जगेडा तथा अन्य कोषमा गरी ६९ लाख ५० हजार , बचत संकलन ३९ करोड ७६ लाख र ऋण लगानी ४३ करोड २२ लाख पुगको बताए । संस्थामा ६२ सय सदस्य आवद्ध रहेका छन् भने त्यस अवधिमा कुल कारोवार ५२ करोड ४३ लाख पुगेको उनले सभामा जानकारी दिए । संस्थाले ७ करोड ४४ लाख बाह्य ऋण लिएको छ । संस्थाले मासिक बचत, विशेष बचत,आवधिक,लघुवित,साप्ताहिक, नारी ,लखपती, जेष्ठ नागरिक, क्रमिक,मुद्धती जस्ता बचत योजना सञ्चालनमा ल्याएको छ । त्यसैगरी व्यवसायिक, हायर पर्चेच,लघु, घर जग्गा, कृषि जस्ता क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ ।