शनिबार, आश्विन १७ गते २०८३

आर्थिक वृद्धिदर यस वर्ष ३.९ र आउने वर्षमा ५ प्रतिशतमा सीमित हुने : विश्वबैंक

पौष २५, २०८० बुधबार
आर्थिक वृद्धिदर यस वर्ष ३.९ र आउने वर्षमा ५ प्रतिशतमा सीमित हुने : विश्वबैंक

 

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले विश्वको आर्थिक अवस्थासम्बन्धी सन् २०२४ को पहिलो रिपोर्ट मंगलबार सार्वजनिक गरेको छ ।

उक्त रिपोर्टमा चालु आर्थिक वर्ष सन् २०२३ को जुलाईदेखि सन् २०२४ जुलाईसम्ममा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत र आउने वर्ष पाँच प्रतिशत हुने प्रक्षेपण गरेको हो । सन् २०२४ को अन्त्यसम्म विश्वले ३० वर्षयताकै सबैभन्दा सुस्त आर्थिक वृद्धिको सामना गर्ने रिपोर्टले उल्लेख गरेको छ ।

वैश्विक अर्थतन्त्र लगातार तेस्रो वर्ष सुस्त हुने र सन् २०२४ मा २.४ प्रतिशतको वृद्धि देख्ने विश्व बैंकले जनाएको छ ।  गत वर्ष विश्वको आर्थिक वृद्धि दर २.६ प्रतिशत रहेको रिर्पोटले जनाएको छ ।