बैंक तथा वित्तीय संस्थाहरुमा रहेको अधिक तरलताको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ तान्ने भएको छ। आज बिहीबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ।
राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता व्यवस्थापनको लागि हिजो मात्रै २५ अर्ब खिचेको थियो ।
केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।