ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
ग्लोबल आइएमई बैंक पौष १७ गते मंगलबारदेखि स्थापनाको १७ वर्ष पुरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ ।
सोही अवसरमा बैंकले मंगलबार देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको साथ–साथै निशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परिक्षण आयोजना गरेको हो ।
यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशमा सुनसरीको इटहरी शाखा, मधेश प्रदेशमा सिरहाको गोलबजार शाखा, बाग्मती प्रदेशमा काठमाडौंको कान्तिपथ शाखा तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल मिलनचोक शाखा तथा दाङको नेपालगंज शाखा, कर्णाली प्रदेशमा सुर्खेतको विरेन्द्रनगर सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
देशभर आयोेजित कार्यक्रममा ९२७ रक्तदाताहरु सहभागि भएको, निशुल्क रुपमा ७८३ जनाको आँखा जाँच गरिनुका साथै १०४८ जनाको रक्तचाप तथा मधुमेहको परिक्षण एव्म परामर्श पनि प्रदान गरिएको बैंकले जनाएको छ ।
नेपालपत्र संवाददाता