शनिबार, आश्विन १७ गते २०८३

नबिल बैंकको ‘इन्स्ट्यान्ट गोल्ड लोन’ याेजना, एक घण्टाभित्रै कर्जा पाइने


पौष १२, २०८० बिहीबार
नबिल बैंकको ‘इन्स्ट्यान्ट गोल्ड लोन’ याेजना, एक घण्टाभित्रै कर्जा पाइने

नबिल बैंकले सुन धितो राखी तुरुन्तै ऋण लिन सकिने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना सार्वजनिक गरेकाे छ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरि बैंकले यो ऋण योजना ल्याएको हो ।

यो ऋण योजना अन्तर्गत १२।३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ । आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैंकले दाबी गरेको छ । त्यस्तै सुनको लागि निस्शुल्क बिमाको व्यवस्था पनि गरिएको छ । 

नबिलले तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवा दिने जनाएको छ । जसमा उपत्यका भित्रका ग्राहकहरूका लागि कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट लिन सकिन्छ । उपत्यका बाहिरका ग्राहकका लागि धरान९महेन्द्रपथ, बुटवल९चौराहा, नेपालगन्ज, फिदिम र चिप्लेढुङ्गाबाट सुन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

बैंकले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ ।