नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत् बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैया तान्ने भएको छ । प्रणालीमा अधिक तरलता देखिएपछि केन्द्रिय बैंकले बैंकिङ उपकरणमार्फत् ३५ अर्ब तरलता प्रशोचन गर्न लागेको हो । राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका वित्तीय संस्थाले पौष ११ गते बुधबार २ बजे उक्त आव्हानमा बोलकबोल गर्न सक्नेछन् ।
घटीमा १० करोड र बढीमा ५ करोडले भाग जाने अंकमा कुल आव्हान गरिएको रकम सम्ममा बोलकबोल गर्न सकिनेछ। राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर बोली लगाउने पक्षलाई प्राथकिता क्रममा राखेर रकम बाँडफाँड गर्नेछ । दुई साताका लागि आह्वान गरिएको उक्त रकमको साँवा तथा ब्याज भुक्तानी पौष २५ गते हुने सूचनामा जनाइएकोे छ ।
नेपालपत्र संवाददाता