शनिबार, आश्विन १७ गते २०८३

नेपाल बैंकर्स संघ ५ सीईओ निर्वाचित

पौष ९, २०८० सोमबार
नेपाल बैंकर्स संघ ५ सीईओ निर्वाचित

नेपाल बैंकर्स संघको नयाँ सदस्यमा पाँच जना प्रमुख कार्यकारी अधिकृत निर्वाचित भएका छन् । भरतपुरको सौराहमा सम्पन्न संघको ३७ औँ वार्षिक साधारणसभाले संघको कार्यसमितिमा पाँच जनालाई निर्वाचित गरेको हो ।

निर्वाचित सीइओहरुमा प्रभु बैंकका सीईओ अशोक शेरचन, प्राइम कमर्सियल बैंकका सीईओ सञ्जिव मानन्धर, सिद्धार्थ बैंकका सीईओ सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे र राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

संघका सदस्य लक्ष्मी सनराइज बैंकका सीईओ अजय शाह र एनआईसी एशिया बैकका सीईओ रोशनकुमार न्यौपानेको कार्यकाल पुरा भएको छ । त्यस्तै, नेपाल एसबीआई बैंकका सीईओ दीपककुमार डे र एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ सदस्यमा यथावत रहेका छन् ।