नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)को अध्यक्षमा चन्द्र प्रसाद ढकाल निर्वाचित भएका छन्। नेफस्कूनको ३२ औं साधारण सभाबाट उनी ४ बर्षको लागि अध्यक्षमा निर्वाचित भएका हुन् । आज भएको निर्वाचनमा निवर्तमान अध्यक्ष परितोष पौड्याललाई पराजित गर्दै ढकाल विजयी हुन सफल भएका छन् । ढकालले ११९६ मत ल्याए भने पौड्यालले १०१९ मत ल्याए ।
कुल २२४९ मत खसेको थियो । काठमाडौंको प्रज्ञा भवनमा हिजो र आज भएको साधारण सभाले नयाँँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । अघिवेशन सहितको साधारण सभा भएकाले नयाँ नेतृत्व चयनको लागि दुई पक्षबीच निर्वाचन भएको थियो। अन्य पदका उम्मेदवारहरुको भने नतिजा आउन बाँकी छ।