शनिबार, आश्विन १७ गते २०८३

हिमालयन बैंकलाई दुई एक्सिलेन्स अवार्ड

पौष ६, २०८० शुक्रबार
हिमालयन बैंकलाई दुई एक्सिलेन्स अवार्ड

 

हिमालयन बैंकले दुई वटा अवार्ड एकैपटक प्राप्त गरेको छ । बैंकले ‘भिसा लिडरशीप कन्क्लेभ नेपाल २०२३’ मा एकैपटक ‘एक्सिलेन्स इन पोस अक्वायरिङ बिजनेस २०२३’ र ‘एक्सिलेन्स इन कन्ज्युमर कार्ड्स प्रिपेड २०२३’ अवार्ड पाएको हो ।

प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियन पे एवम् भिसा स्वीकार गरेको भन्दै बैंकलाई उक्त अवार्ड प्रदान गरिएको बताइएको छ । भिसाद्वारा आयोजित कार्यक्रममा डेपुटी गर्भनर बमबहादुर मिश्र, नेपालका लागि भिसाका प्रतिनिधि वासु सौम्यलगायतको उपस्थितिमा बैंकलाई दुवै अवार्ड प्रदान गरिएको थियो ।

विश्वभर प्रचलनमा रहेका प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटीएम, पोस तथा इ–कमर्स गेटवेमार्फत स्वीकार गर्ने भएकाले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुँदै आएको बैंकले जनाएको छ ।