शनिबार, आश्विन १७ गते २०८३

ग्लोबल आईएमई बैंकको १७औं साधारणसभा, ९ प्रतिशत लाभांश प्रस्ताव

मंसिर २९, २०८० शुक्रबार
ग्लोबल आईएमई बैंकको १७औं साधारणसभा, ९ प्रतिशत लाभांश प्रस्ताव

ग्लोबल आईएमई बैंकले बैंकिङ पहुँचलाई प्राथमिकता दिने भएको छ । बैंकको १७ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले पहुँच नपुगेका नागरिकहरूमा बैंकिङ सेवा पुर्याउने प्रमुख प्राथमिकता बैंकको रहेको जनाएका हुन् । 

उनले बैंकको ७७ जिल्लाहरूमा शाखा बिस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा बैंकको पहुँच पुर्याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने बताए ।

अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७९/०८० मा ९ अर्ब २६ करोड ५५ लाख मुनाफा गरेको बताए । उनले कुल मुनाफामा सरकारलाई तिरेको करपछिको मुनाफा भने बैंकले ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको बताए ।

उनले बैंकले मुनाफाबाट बैंकका सेयर धनीहरूलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बताए । उनले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १ प्रतिशत बानेस् शेयर वितरण प्रश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्ने उल्लेख गरे ।

उनले गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब र कर्जा ३ खर्ब ७४ अर्ब रहेको दाबी गरे । गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भएको जानकारी दिए ।

उनले बैंकले ३५५ वटा शाखा, राजश्व शाखा ६५ लगायत अन्य सबै गरी १ हजार ७२ वटा आउटलेटमार्फत सेवा प्रदान गर्दै आइरहेको बताए । उनले चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप ४ खर्ब ५६ अर्ब,कर्जा ३ खर्ब ७५ अर्ब पुगेको उल्लेख गरे ।

उनले भने ‘आर्थिक वर्ष २०७९/०८०मा बैंकको मुनाफा ९ अर्ब २६ करोड ५५ लाख करपछिको मुनाफा ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको छ । बैंकले मुनाफाबाट सेयर धनीहरूलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।

आर्थिक वर्ष २०७९/०८०को नाफाबाट १ प्रतिशत बानेस् शेयर वितरण प्रश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्नेछ । गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब कुल कर्जा ३ खर्ब ७४ अर्ब रहेको छ । गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भई १७ अर्ब १० करोडका साथै खुद मुनाफामा ३५ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड ४४ लाख हासिल गर्न सफल भएको छ । ७७ जिल्लामा बैंकको शाखा सञ्चालनमा रहेको छ ।