शनिबार, कार्तिक ८ गते २०८३

हिमालयन रिइन्स्योरेन्सद्वारा सर्वसाधरणका लागि प्राथमिक सेयर खुल्ला


मंसिर २७, २०८० बुधबार
हिमालयन रिइन्स्योरेन्सद्वारा सर्वसाधरणका लागि प्राथमिक सेयर खुल्ला

 
हिमालयन रिइन्स्योरेन्सको  सर्वसाधरणका लागि प्राथमिक सेयर (आईपीओ) खुल्ला गरेको छ । कम्पनीको आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा जाने नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरुलाई छुट्याइसकेपछि कुल २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको हो ।

कुल जारी पुँजी १० अर्बको ३० प्रतिशत अर्थात ३ करोड कित्ता सेयर सर्वसाधारण समूहमा जारी हुनेछ । त्यसमध्ये २ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी, १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारीमा गएकाहरुका लागि र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

अंकित मूल्य १ सयमा १०६ रुपैयाँ थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीको आईपीओ मूल्य तोकिएको छ । न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । आफ्नो खाता भएको बैंक शाखा वा अनलाइन प्रणाली मेरो सेयर मार्फत पनि आवेदन दिन सकिनेछ । आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा जाने नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरुलाई छुट्याइसकेपछि कुल २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको हो ।

 कुल जारी पुँजी १० अर्बको ३० प्रतिशत अर्थात ३ करोड कित्ता सेयर सर्वसाधारण समूहमा जारी हुनेछ । त्यसमध्ये २ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी, १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारीमा गएकाहरुका लागि र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । अंकित मूल्य १ सयमा १०६ रुपैयाँ थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीको आईपीओ मूल्य तोकिएको छ । न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ ।  आफ्नो खाता भएको बैंक शाखा वा अनलाइन प्रणाली मेरोसेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।