शनिबार, आश्विन १७ गते २०८३

लक्ष्मी सनराइज बैंकले ७.३७ प्रतिशत लाभांश दिने

मंसिर २७, २०८० बुधबार
लक्ष्मी सनराइज बैंकले ७.३७ प्रतिशत लाभांश दिने

 

लक्ष्मी सनराइज बैंक लिमिटेडले ७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।