बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा काठमाडौंमा आगामी मंसिर २९ गते अन्तरक्रिया कार्यक्रम हुने भएको छ । सहकारी क्षेत्रमा पछिल्लो समय समस्याहरु बढदै गएकाले समस्या पहिचान गरी समाधान गर्ने उदेश्यले यो कार्यक्रम गर्न लागिएको जनाइएकाे छ।
विशेषत उपत्यकाका तीन जिल्लाका सहकारीकर्मीहरुसँग ‘सहकारी क्षेत्रमा वर्तमान समयमा देखिएका समस्या र निराकरण’ विषय एक दिवसीय गोष्ठी गर्न लागिएको हो । कार्यक्रमको व्यवस्थापन बागमती प्रदेश सहकारी संघ र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले गर्ने भएका छन् । बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले अन्तरक्रिया कार्यक्रममा काठमाडौंबाट ८०, ललितपुरबाट ४० र भक्तपुरबाट ३० जना सहकारीकर्मीहरुलाइ सहभागी गराइने उल्लेख गरे ।
त्यसका साथै राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र नेफस्कूनको समेत प्रतिनिधित्व रहने उनको भनाई छ । कार्यक्रममा बागमती प्रदेश संघ, बागमती प्रोस्कून तथा उपत्यकाका तीनै जिल्लाका जिल्ला सहकारी संघ र विषयगत संघहरुका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका साथै प्रारम्भिक संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरूकाे सहभागिता रहने छ । उपत्यकाका ३ वटै जिल्ला संघले अन्तरक्रिया कार्यक्रममा जिल्लामा सहकारी क्षेत्रको वर्तमान अवस्था र समाधानका उपाय सहितको कार्यपत्र समेत प्रस्तुत गरिनेछ। सो अन्तरक्रिया कार्यक्रममा सबै क्षेत्रको गरी करिब २ सय जनाको सहभागिता रहनेछ ।
नेपालपत्र संवाददाता