शनिबार, आश्विन १७ गते २०८३

राष्ट्र बैंकका सञ्चालकलाई बोलाएर अर्थ मन्त्रीले दिए शेयर र घर कर्जा सहज बनाउन निर्देशन

मंसिर २२, २०८० शुक्रबार
राष्ट्र बैंकका सञ्चालकलाई बोलाएर अर्थ मन्त्रीले दिए शेयर र घर कर्जा सहज बनाउन निर्देशन

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंक सञ्चालक समितिलाई बोलाएर सेयर बजार र घरजग्गा कर्जालाई सहज बनाउन निर्देशन दिएका छन् ।

गभर्नर महाप्रसाद अधिकारीलगायत सञ्चालक समितिका सम्पूर्ण सदस्यलाई बिहीबार साँझ अर्थ मन्त्रालयमा बोलाएर मन्त्री महतले सेयर बजार र घरजग्गा कर्जालाई सहज बनाउन निर्देशन दिएका हुन् । 

‘अर्थतन्त्र समस्यामा भएकाले मौद्रिक नीतिमार्फत सुधार गर्न सकिन्छ । ऋणको पुनसंरचना तथा पुनर्तालिकीकरण र सेयर तथा घरजग्गाको ऋणलाई सहज हुने किसिमको व्यवस्था गर्न भनेको छु,’ अर्थमन्त्रीको सचिवालयका एक सदस्यले भने ।

राष्ट्र बैंकको बोर्डमा मन्त्रालयको प्रतिनिधिका रुपमा अर्थसचिव हुने भए पनि राष्ट्र बैंकमाथि थप दबाब बढाउने अर्थमन्त्री स्वयंले बोलाएर भनेका हुन् ।

अहिले सेयर धितो कर्जामा लगाइएको १५/२० करोडको सीमा हटाउन तथा जुनसुकै आकारको ऋणमा १०० प्रतिशतमात्रै जोखिम भार राख्न अर्थमन्त्रीले गभर्नरलाई भनेका छन् । घरजग्गासम्बन्धी कर्जामा पनि जोखिम भार १० प्रतिशतमात्रै कायम गराउन उनले स्पष्ट शब्दमा भनेका छन् ।

अर्थमन्त्री डा. महतले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुनअघि नै विभिन्न सार्वजनिक फोरम र गभर्नर महाप्रसाद अधिकारीलाई नै बोलाएर ब्याजदर घटाउन तथा सेयर र घरजग्गा कर्जामा सहजीकरण गर्न निर्देशन दिएका थिए ।