नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । आगामी मंसिर २९ गतेदेखि प्रतिकित्ता १००० दरका ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने बैंकले जनाएको छ ।
वार्षिक व्याजदर ९ प्रतिशत पाइने ऋणपत्र ७ वर्ष अवधिको रहनेछ ।
निष्काशित ऋणपत्रको ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ ।
बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्रमा छिटोमा पुस ३ गते र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।