सिटिजन्स बैंकले ललितपुरको इमाडोलमा शाखा सञ्चालनमा ल्याएको छ। शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औं शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखा सञ्चालनको अवसरमा यस शाखामा खाता खोल्दा डेविट कार्ड, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरुको पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र लकर शुल्कमा ५०५ छुट उपलब्ध गराउने बैंकले जनाएको छ । यो सुविधाहरु हालसालै खुलेको टेकु शाखामा पनि उपलब्ध रहेको बैंकले जनाएको छ ।
बैंकका संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गर्दै प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने प्रतिवद्धता जनाए ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५० वटा ए।टि।एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।