शनिबार, आश्विन १७ गते २०८३

नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच सहकार्यकाे सम्झाैता


मंसिर १९, २०८० मंगलबार
नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच सहकार्यकाे सम्झाैता

नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने सम्झाैता भएकाे छ । ‘ट्रेड एसोसिएसन प्रोगाम’ अन्तर्गत दुवै बैंकहरूबीच यस्ताे सम्झौता भएको हो ।

नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक बनेकाे छ ।  नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो ।

हस्ताक्षर कार्यक्रममा नेपाल बैंककी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले भने एक्जिम बैंक इन्डियासँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी भएकाे बताइन् । उनले भनिन् ‘आगामी दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरिनेछ । यो सहकार्यमा हामी हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई टेवा पुग्ने गरि कार्य गर्ने योजनामा छौं ।’