अजियाटा एनसेलबाट बाहिरिने भएको छ । एनसेलबाट बाहिरिनेगरी आफ्नो सम्पत्ति बिक्रीमा राखेको अजियाटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अजियाटाको सञ्चालक समितिले नेपालको एनसेलमा रहेको कम्पनीको ८० प्रतिशत शेयर बिक्री प्रकृया अघि बढाइसकेको जनाएको छ ।
मलेसियाको अजियाटा ग्रुप ७ वर्षअघि स्वीडिस कम्पनी टेलिया सोनेराको शेयर किन्दै एनसेलमा भित्रिएको थियो । हाल एनसेलमा अजियाटाको शेयर हिस्सा ८० प्रतिशत छ भने सुनिभेरा क्यापिटल भेञ्चरसँग २० प्रतिशत छ । अजियाटाले बिक्री गर्ने शेयर अब नेपाली साझेदारहरू सतीशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने भएका छन् ।
सन् २०१९/२० मा ४६ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार गरेको एनसेल अजियाटा २०२०/२१ मा ४० अर्ब ४२ करोड रुपैयाँमा खुम्चिएको थियो । त्यसपछिको वर्ष २०२१/२२ मा ३९ अर्ब ७२ करोड र २०२२/२३ मा ३७ अर्ब ४४ करोड रुपैयाँ बराबर व्यापार गरेको थियो ।