सानिमा बैंक लिमिटेडले स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, बैंकका संचालक रमेश कुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पान्डेले संयुक्त रुपमा आज गरेका हुन् ।
समारोहमा कलाकार श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना दिएका थिए ।
त्यसैगरी सानिमा बैंकका संचालक पोखरेलुले सानिमा बैंकलाई विश्वास गरि सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सहयोग गर्ने बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत पान्डेले स्याङ्जा जिल्लामा शाखा स्थापना गरेर बैंकले स्थानिय ग्राहकहरुलाई विश्वसनीय एवम् स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै सबै स्याङ्जावासीको सहयोग र साथ पाउने विश्वास व्यक्त गरे ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय र १२३ वटा एटिएम मेशिन संचालनमा रहेका छन् ।