शनिबार, आश्विन १७ गते २०८३

विद्युतिय माध्यमबाट वित्तीय ठगी बढ्यो, सावधान हुन राष्ट्र बैंकको अपील

मंसिर १२, २०८० मंगलबार
विद्युतिय माध्यमबाट वित्तीय ठगी बढ्यो, सावधान हुन राष्ट्र बैंकको अपील


नेपाल राष्ट्र बैंकले विभिन्न विद्युतीय माध्यम तथा सामाजिक सञ्जालमार्फत सन्देश पठाइ वित्तीय ठगी गर्ने क्रियाकलाप बढेको भन्दै सचेत हुन सर्वसाधारणलाइ आग्रह गरेको छ ।

ह्वाट्स्याप, भाइबर, मेसेञ्जर जस्ता मोबाइल एप, इमेल र फोनबाट चिठ्ठा परेको, पुरस्कार जितेको, धनसम्पत्ति वा सुन फेला परेको, अपुताली सम्पत्ति भेटिएको वा छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता बहाना बनाई म्यासेज गर्ने र उक्त रकम वा सम्पत्ति प्राप्त गर्न बैंक खाताको जानकारी दिन वा केहि रकम पठाउनु भनि प्रलोभन दिइ ठगी गर्ने घटना हुने गरेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस प्रकारका सन्देसमा विश्वास गर्ने, हुँदै नभएको र आफुले भाग नै नलिएको चिठ्ठा वा पुरस्कार जितेको कुराको पछि लहैलहैमा लागेर पैसा पठाउने वा खाताको विवरण उपलब्ध गराउने काम बाट बच्न राष्ट्र बैंकले भनेको छ । वित्तीय ठगीबाट आफु बच्न र अरुलाई पनि बचाउन राष्ट्र बैंकले आग्रह गरेको छ ।