नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी नयाँ अफर ल्याएको छ ।
बैंकले एनसीएचएलसँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि ‘ फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको हो । जस अन्तर्गत हरेक तीनजना भाग्यशाली मोबाइल बैकिङ्ग प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका एनआइएमबी कनेक्ट आइपीएस नोट गरी फण्ड ट्रान्सफर गर्दा १–१ थान स्मार्टफोन जित्न सक्ने बैंकले जनाएको छ ।
सो अफर मंसिर १० गते देखि पुष ९ गतेसम्म लागु हुने बैंकले जनाएको छ । एनआइएमबी स्मार्टमा उपलब्ध कनेक्ट आइपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने तीनजना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । सोको जानकारी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।
फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो एनआइएमबी स्माटएपमा लग–इन गरी फण्ड ट्रान्सफरमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएसलाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएस एक न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो । एनआइएमबी स्मार्टमा रहेको कनेक्ट आइपीएसमार्फत प्रति दिन प्रति कारोबार २ लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।