शनिबार, आश्विन १७ गते २०८३

बैतडीको पाटनमा ग्लोबल आइएमई बैंककाे शाखा

मंसिर ११, २०८० सोमबार
बैतडीको पाटनमा ग्लोबल आइएमई बैंककाे शाखा

ग्लोबल आइएमई बैंकले बैतडीको पाटन नगरपालिका ६ पाटनबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको उद्घाटन पाटन नगरपालिका प्रमुख गौरीसिंह रावलले एक समाराेहकाबीच गरेका हुन् ।

नयाँ शाखाको सञ्चालनसँगै बैंकका शाखा कार्यालयको संख्या ३५१ पुगेको छ । ग्लोबल आइएमई बैंककाे मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको छ । 

बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।