कुमारी बैंकले ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ । बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमासहितको उकत परिमार्जित योजना ल्याएको हो ।
एक हजार रुपैया न्यूनतम मौज्दात राख्नुपर्ने उक्त खातामा बैंकले ७.५१ प्रतिशत ब्याजदर प्रदान गर्नेुका साथै २० हजारसम्मको स्वास्थ्य बीमा सुविधा र नि:शुल्क क्रेडिट र डेबिट कार्डसमेत उपलब्ध गराउने जनाएको छ ।
बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावाला सहभागी हुन सक्नेछन् । यो योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स हो ।
बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा स्तरवृद्धि गर्दै ग्राहकमैत्री र समय सान्दर्भिक बनाउँदै लैजाने विश्वास लिएको छ ।
बैंकले देशभरका ३०९ शाखा कार्यालय, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ ।
नेपालपत्र संवाददाता