शनिबार, कार्तिक ८ गते २०८३

 मुक्तिनाथ कृषि कम्पनीले प्राथमिक आईपीओ खुल्ला गर्ने


मंसिर ५, २०८० मंगलबार
 मुक्तिनाथ कृषि कम्पनीले प्राथमिक आईपीओ खुल्ला गर्ने

 मुक्तिनाथ कृषि कम्पनीले प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुल्ने  गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि मंसिर ८ गतेदेखि आईपो खुल्ला गर्न लागेको हो ।  

कम्पनीको आईपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निस्कासन गर्न लागेहो हो । कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको हो ।

अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।