शनिबार, कार्तिक ८ गते २०८३

सोल्टी  होटलले शेयरधनीलाई २६ प्रतिशत माथी लाभांश दिने 

मंसिर ४, २०८० सोमबार
सोल्टी  होटलले शेयरधनीलाई २६ प्रतिशत माथी लाभांश दिने 


सोल्टी होटलले सेयरधनीका लागि  लाभांश घोषणा गरेको छ । हालै  बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट   सेयरधनीलाई २६.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव  पनि बैठकले गरेको छ । कम्पनीले पुस २६ गते बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस ५ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् भने सभामा सहभागी हुन पाउनेछन् ।