शुक्रबार, कार्तिक ७ गते २०८३

बालकुमारी सहकारी संस्थाले १२.५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने, यस्ता छन् ऋणका स्किम 

कार्तिक २४, २०८० शुक्रबार
बालकुमारी सहकारी संस्थाले १२.५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने, यस्ता छन् ऋणका स्किम 


मध्यपुर थिमी ४ शंखधर चोकमा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सहुलियत दरमा ऋण लगानी गर्ने भएको छ । संस्थामा तरलता रकम अधिक रहेकाले सदस्यहरुलाई सहुलियत दरमा ऋण लगानी गर्न लागेको हो । सरकारले सहकारी संस्थाहरुको लागि सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको भएपनि संस्थाले भने बढीमा १३ प्रतिशत ब्याजदरमा  ऋण दिने भएको छ । बालकुमारी स्किम कर्जा अन्तर्गत कृषि,व्यापारिक, शैक्षिक , घर निर्माण र औद्योगिक कर्जामा  संस्थाले  लगानी गर्ने छ ।

 संस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठले संस्थामा  अधिक तरलता रहेकाले ऋण लगानीका लागि नयाँ स्किम ल्याएको बताए । संस्थाले १३ प्रतिशत ब्याजदरमा १ करोड २० लाखसम्म सदस्यको परियोजना र आयस्रोतलाई हेरेर ऋण लगानी गर्ने उनले बताए । उक्त ऋणको अवधि भने एक बर्षमात्र रहेको छ । सदस्यले उक्त ऋणको मासिक रुपमा ब्याजदर   बुझाए पुग्छ भने एक बर्ष पछि  साँवा समेत  फिर्ता गर्नुपर्ने उनले बताए ।  

 त्यसैगरी १२.५ प्रतिशत ब्याजदरमा सदस्यको समृद्धिको  लागि कृषि,व्यापारिक, शैक्षिक , घर निर्माण र औद्योगिक कर्जामा  शिर्षकमा  १० बर्षको लागि २० लाखसम्म किस्ता बन्दीमा ऋण लगानी गर्ने उनको भनाई छ । संस्थाले १० लाखका दरले एकै परिवारका २ जना सदस्यलाई उक्त ऋण दिने छ भने सदस्यले मासिक रुपमा ऋणको साँवा ब्याज बुझाउनु पर्ने छ । दुबै ऋणको ब्याजदर एक बर्षसम्म कुनै परिवर्तन नहुने उनले जानकारी दिए ।

चालु आर्थिक बर्षको असोज मसान्तसम्म संस्थामा २९.६० प्रतिशत अर्थात् ४७ करोड ३१ लाख तरलता रककम रहेको छ । संस्थाको शेयर पुँजी १३ करोड ५१ लाख ८८ हजार, जगेडा कोषमा ५ करोड ८० लाख , बचत संकलन १अर्ब ५९ करोड ८१ लाख र ऋण लगानी १ अर्ब ३० करोड ९४ लाख रहेको छ । ५ करोड ९० लाख कुल संस्थागत पुँजी रहेको संस्थाको कुल सम्पत्ति १ अर्ब ९२ करोड रुपैया पुगेको छ । संस्थामा ५ हजार ५५६ जनन रहेका छन्  

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता