शुक्रबार, कार्तिक ७ गते २०८३

कास्कूनको २० औं साधारण सभाले २ दशमलव ५ प्रतिशत शेयर लाभांश पारित

कार्तिक २१, २०८० मंगलबार
कास्कूनको २० औं  साधारण सभाले  २ दशमलव ५ प्रतिशत शेयर लाभांश  पारित

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ   (कास्कून)को २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष दिपक पनेरुको सभापतित्व एंव  राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

साधारण सभामा प्रतिवेदन प्रतिवेदन प्रस्तुत गर्दै  अध्यक्ष पनेरुले संघले वित्तीय सेवाका अतिरिक्त सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम, केन्द्रीय संघसंगको साझेदारीमा जोखिममा आधारित साकोस सुपरीवेक्षण (कर्वस) कार्यक्रम, सदस्य संस्थाहरुको जोखि विश्लेषण कार्यशाला, रक्तदान कार्यक्रम, मागमा आधारित तालिम, सम्मान तथा पुरस्कार लगायतका विविध गतिविधि संचालन गदै आएको बताए। 

साधारण सभामा संघका महासचिव निरञ्जन सेढाईले संचालक समितिको तर्फबाट आर्थिक वर्ष   २०७९/८० को वार्षिक प्रतिवदेन तथा चालु आ.व.को प्रस्तावित नीति तथा कार्यक्रम पेश गरेका थिए । यसैगरी कोषाध्यक्ष चेमा पुरी (सीमा) ले चालु आ.व.को प्रस्तावित बजेट सहितको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक अनिता थापा अधिकारीले लेखा परीक्षण प्रतिवेदन पेश गरेकी थिईन् ।

साधारण सभामा प्रस्तुत प्रतिवेदन अुनसरा गत  आर्थिक बर्षमा ।मा संघले ३५ वटा बचत तथा ऋण सहकारी संस्थालाई नयाँ सदस्यता प्रदान गरेर कुल सदस्य संख्या ८ सय ८६ वटा पु¥याएको छ । साथै चालु आर्थिक वर्ष मा सदस्यता विस्तार गरेर ९ सय ५० पु¥याउने लक्ष्य राखेको छ । गत  आर्थिक बर्षमा मा संघको शेयर पुँजी ४ दशमलव १२ प्रतिशतले वृद्धि भएर ८ करोड १६ लाख २५ हजार रुपैयाँ पुगेको छ । साथै निक्षेप संकलन ८८ करोड ९१ लाख रुपैयाँ र ऋण लगानी ५४ करोड ६७ लाख १५ हजार रुपैयाँ कायम भएको छ ।

संघको साधारण जगेडा कोषमा २ करोड ९१ लाख ४२ हजार रुपैयाँ र अन्य कोषमा १ करोड ८९ लाख २७ हजार रुपैयाँ जम्मा भएको छ । गत असार मसान्त सम्ममा संघमा ४५ करोड १० लाख ५० हजार रुपैयाँ ९बचत निक्षेपको अनुपातमा ५० दशमलव ७३ प्रतिशत र कूल सम्पत्तिको तुलनामा ४३ दशमलव २१ प्रतिशत तरलता कायम रहेको छ । संघले गत  को कारोबारबाट आयकरको ब्यवस्था पश्चात ५१ लाख ६२ हजार रुपैयाँ खुद बचत गरेको छ भने शेयर सदस्यलाई २ दशमलव ५ प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको छ । साथै संरक्षित पुजी फिर्ता कोषमा जम्मा भएको ९ लाख ६७ हजार रुपैयाँ शेयर सदस्य संस्थाहरुलाई बचतको ब्याज खर्चको आधारमा ४० प्रतिशत र ऋण सेवा उपभोगमा तिरेको ब्याजको आधारमा ६० प्रतिशतको दरले वितरण गरेको छ । 

पञ्चवर्षिय रणनीतिक योजना तर्जुमा गरेर लागू गरेको संघले चालु आर्थिक वर्षमा कूल पुँजीमा सदस्य संस्थाहरुको बचत निक्षेप अनुपात ८२ प्रतिशत कायम गर्ने, कूल पुँजीमा शेयर पुँजीको अनुपात ९ प्रतिशत कायम गर्ने, साधारण जगेडा कोष ३ दशमलव २० प्रतिशतमा सीमित पार्ने संघको साधारण खर्च ३ प्रतिशतमा सीमित पार्ने लगायतका आर्थिक योजना तय गरेको छ ।

साधारण सभाको अवसर पारेर संघले उत्कृष्ट साकोस, उत्कृष्ट व्यवसाय साकोस, अधिक शेयर खरिद गर्ने साकोस र अधिक बचत कारोबार गर्ने साकोसलाई सम्मान गरेको छ । यसैगरी कास्कून सहकारी अभियन्ता र उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । साथै नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का संस्थापक अध्यक्ष एवं सञ्चारकर्मी यादव हुमागाईलाई यस वर्षको कास्कून पत्रकारिता सम्मान प्रदान गरेको छ ।

साधारण सभामा राष्ट्रिय सहकारी महासंघका संचालक डि.बी. बस्नेत, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्याल, नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ ९बागमती प्रोस्कून०का अध्यक्ष उद्धव सापकोटा र कोषाध्यक्ष केशव दंगाल,  लतिलपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाई लगायतका अथितिहरुको उपस्थिति रहेको थियो । 

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता