शनिबार, आश्विन १७ गते २०८३

कुमारी बैंककाे दशैंलक्षित क्यास ब्याक तथा दक्षिणा योजना

कार्तिक ३, २०८० शुक्रबार
कुमारी बैंककाे दशैंलक्षित क्यास ब्याक तथा दक्षिणा योजना

कुमारी बैंकले क्यासब्याक तथा दक्षिणा योजना ल्याएको छ । बैंकले बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशैं दक्षिणा’ र ‘क्यास ब्याक’ योजना लाई थप समयको लागि निरन्तरता दिएको हो। क्यास ब्याक अफर योजनाले दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने अपेक्षा बैंकको छ। 

यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०–५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँ सम्म क्यास ब्याक’ दिइने छ । क्यास ब्याक’ रकम पोस क्युआर पेमेन्ट तथा अनलायन पेमेन्ट बाट गरीने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ ।

उपरोक्त सुविधाहरु आगामी कातिक ६ देखी कातिक ११ गते सम्मका लागि समेत निरन्तर रहने जनाएको छ । साथै, कुमारी बैंक लिमिटेडले बडा दशैं को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधा सहित ‘ क्यास ब्याक’ अफरसँगै ‘बडा दशैं दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।

यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ्ग मार्फत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १४०० जना ग्राहकहरुलाई बैंकद्वारा ५० रूपैयाँ क्यास ब्याक’ दिइने जनाएको छ । क्यास ब्याकका लागि योग्य हुन न्युनतम कारोबार १०० रूपैयाँ हुनुपर्नेछ । माथि उल्लेखित दुवै अफरहरु विहान ८ बजे देखि राति ११: ५९ बजे सम्म गरीएका कारोबारमा लागु हुनेछ।