राष्ट्रियस्तरका सबै विकास बैंकहरुले मुद्दती निक्षेपमा औसत १०.२५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । विकास बैंकले कात्तिक १ गतेदेखि लागु हुने गरी यस्ताे ब्याजदर निर्धारण गरेका हुन् ।
९ वटा विकास बैंकले नै ब्याजदर घटाएका छन । गरिमा विकास बैंकले आफ्नो ब्याजदर ०.७५ प्रतिशत घटाएर कात्तिकको लागि १०.२५ प्रतिशत ब्याजदर दिने भएको छ । असोजमा बैंकको ब्याजदर ११ प्रतिशत रहेको थियो ।
यसैगरी, ज्योति विकास बैंकले पनि कात्तिकको लागि ०.७५ प्रतिशत ब्याजदर घटाएर ११ प्रतिशत ब्याजदर दिने भएको छ । कामना सेवा विकास बैंक, लुम्बिनि विकास बैंक, महालक्ष्मी विकास बैंक, मुत्तिनाथ विकास बैंक, सांग्रिला विकास बैंक कर्णाली विकास बैंकले कात्तिक महिनाको लागि ०.७५ प्रतिशतका दरले आफ्नो ब्याजदर घटाएका छन् ।
कात्तिक महिनाको लागि सबैभन्दा धेरै निक्षेपको ब्याजदर भएको विकास बैंक लुम्बिनी विकास बैंक र कर्पोरेट विकास बैंक रहेका छन् । यी दुई बैंकको निक्षेपको ब्याजदर कात्तिक महिनाको लागि १२ प्रतिशत नै रहेको छ ।